नेपाल समूहको स्थायी कमिटी बैठक सकियाे, केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौं, साउन २१ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा जारी छ। स्थायी कमिटी बैठकलगत्तै सोही समूहको केन्द्रीय...
काठमाडौं, साउन २१ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक सकिएकाे छ।
बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बसेकाे स्थायी कमिटी बैठकलगत्तै त्यही नै केन्द्रीय कमिटी बैठक सुरू भएकाे हाे। बुधबारका लागि तय भएको बैठक केन्द्रीय सदस्यहरु उपत्यका आइनपुगेकाले सारिएको थियो।
पार्टी अध्यक्ष केपी ओली समूहले भने नेपाल समूहको बैठकलाई अनधिकृत बताउँदै त्यसमा सहभागी नहुन अनुरोध गरेको छ।
केन्द्रीय कमिटी बैठक बुधबार बिहान ११ बजेका लागि तय गरिएको भए पनि सबै केन्द्रीय सदस्य उपस्थित हुन नसक्ने भएपछि बिहीबार बस्ने गरी स्थगित गरिएको थियो।
पार्टी एकताका सन्दर्भमा अध्यक्ष केपी ओली र नेता नेपालका आआफ्नै अडानका कारण एमाले सहमतिको बिन्दुमा पुग्न सकेको छैन।
दोस्रो पुस्ताका नेताहरूले सहमतिको प्रयासलाई जारी राखेका छन्। तर शीर्ष नेताहरू लचकदार नबन्दा उनीहरू हैरान भइसकेका छन्।
आफ्नै समूहका नेताहरूको एमाले एकतालाई जोड दिनुपर्ने र सरकारमा सहभागी हुनुपर्ने दुईथरी धारणाको चेपमा पर्दा नेता नेपाल अनिर्णयको बन्दी बनिरहेका छन्।
आजको बैठकमा एमाले एकता प्रयास र सरकारमा सहभागिताबारे छलफल भइरहेको जनाइएको छ।
-1789476019.jpg)




-1789476019.jpg)





