Kathmandu Press

आजदेखि नेपालीका लागि यूएई प्रवेश खुला

काठमाडौं, साउन २१ : संयुक्त अरब इमिरेट्स (यूएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ।यूएईले बिहीबारदेखि लागू हुने गरी प्रवेश खुला...
आजदेखि नेपालीका लागि यूएई प्रवेश खुला

काठमाडौं, साउन २१ : संयुक्त अरब इमिरेट्स (यूएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ।

यूएईले बिहीबारदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ। यूएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ।

यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति, यूएईमा कार्यरत स्वास्थ्यकर्मी, यूएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, यूएर्इमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन्।

उनीहरूले यूएई सरकारको अनुमति भने लिनुपर्नेछ। त्यसरी यूएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्‍यापिड टेस्ट हुने, युएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने दूतावासले जनाएको छ।

प्रकाशित मिति: ०७:०० बजे, बिहीबार, साउन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्