Kathmandu Press

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज, ओलीको विरोध

काठमाडौं, साउन २१ : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ। यसको अध्यक्ष केपी शर्मा ओलीले...
नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज, ओलीको विरोध

काठमाडौं, साउन २१ : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ। यसको अध्यक्ष केपी शर्मा ओलीले भने विरोध गरेका छन्।

एमाले एकताका विषयमा छलफल गर्न नेपालले केन्द्रीय कमिटी बैठक बोलाएका हुन्। काठमाडौं उपत्यका बाहिर रहेका केन्द्रीय सदस्य नपुगेपछि बुधबार तोकिएको बैठक स्थगित गरिएको थियो।

आज बस्ने बैठकमा देशभरका केन्द्रीय सदस्य सहभागी हुने जनाइएको छ। बैठकमा समसामकिय राजनीकित अवस्था र आगामी रणनीतिका विषयमा छलफल हुनेछ।

अध्यक्ष ओली पक्षले भने यसको विरोध गरेको छ। पार्टी विभाजन गर्न खोजेको भन्दै बैठकमा नजान केन्द्रीय सदस्यलाई अपील गरेको छ।

'एमाले केन्द्रीय कार्यालयले सचिव शेरबहादुर तामाङले प्रेस विज्ञप्ति जारी गरी आज बैठक नभएको जनाएका छन्। नेपाल कम्यनिष्ट पार्टी एमाले केन्द्रीय कमिटीको नामबाट साउन २१ गते बैठक डाकिएको सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साउन २१ गते एमाले केन्द्रीय कमिटीको बैठक नराखिएको सबैमा जानकारी गराउँदछु। पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गरेर त्यसमा सहभागी हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीत भएकाले त्यो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरुमा अपिल गर्दछु।’

नेपाल पक्षले भने पार्टी एकताका लागि नै बैठक डाँकिएको जनाएको छ। कसरी अगाडि बढ्ने र एमालेलाई कसरी मजदुत बनाएर लग्ने भन्ने विषयमा बैठकमा छलफल हुने नेपाल पक्षको भनाइ छ।

प्रकाशित मिति: ०६:५१ बजे, बिहीबार, साउन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्