Kathmandu Press

काठमाडौं उपत्यकामा एकै दिन काेराेना संक्रमण हुनेको संख्या हजार नाघ्यो 

काठमाडौं, साउन २० : पछिल्ला केही दिनयता उपत्यकामा दैनिक हजारभन्दा कम संक्रमित बढ्दै आए पनि बुधबार भने बढेको छ।पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा...
काठमाडौं उपत्यकामा एकै दिन काेराेना संक्रमण हुनेको संख्या हजार नाघ्यो 

काठमाडौं, साउन २० : पछिल्ला केही दिनयता उपत्यकामा दैनिक हजारभन्दा कम संक्रमित बढ्दै आए पनि बुधबार भने बढेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये सबैभन्दा बढी संक्रमित काठमाडौंमा ९ सय ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यसैगरी ललितपुरमा १ सय ६५ र भक्तपुरमा २ सय ६ जना रहेका छन्। 

मंगलबार उपत्यकामा ९ सय ४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो।

सबैभन्दा बढी काठमाडौंमा ६ सय १३ त्यसपछि ललितपुरमा १ सय ७७ र भक्तपुरमा १ सय १४ र जना संक्रमित थपिएका थिए। 

प्रकाशित मिति: १६:५३ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्