Kathmandu Press

वैकल्पिक बाटो दिए प्राधिकरण छाड्न तयार छु : हितेन्द्रदेव शाक्य

काठमाडौं, साउन २० : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले वैकल्पिक बाटो दिए प्राधिकरण छाड्न तयार भएको स्पष्ट पारेका छन्।बुधबार पत्रकार सम्मेलन...
वैकल्पिक बाटो दिए प्राधिकरण छाड्न तयार छु : हितेन्द्रदेव शाक्य

काठमाडौं, साउन २० : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले वैकल्पिक बाटो दिए प्राधिकरण छाड्न तयार भएको स्पष्ट पारेका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै उनले आफूलाई अक्षम भनेर निकाल्न भने नपाइने बताए। अन्याय गरे अदालत जाने चेतावनीसमेत उनले दिए।

Hardik ivf

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगबलबार उनलाई राजीनामा दिन निर्देशन दिँदै उनको ठाउँमा यअअघिका कार्यकारी निर्देशक रहेका कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका थिए। 

पत्रकार सम्मेलनमा उनले राजीनामाको निर्देशन भने कतैबाट नआएको दाबी गरेका छन्। तर सरकारले वैकल्पिक व्यवस्थाबारे सोधेको उनले बताए। 

‘क्षमता र दक्षताअनुसार मलाई सरकारले जहाँ खटाए पनि काम गर्न कुनै गाह्रो छैन,’ उनले भने। अहिलेको पदबाट सम्मानजनक रुपमा बाहिरिन चाहेको सन्देश पत्रकार सम्मलेलनमार्फत उनले दिए।

प्रकाशित मिति: १५:४९ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्