Kathmandu Press

ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, कारण देखाऊ आदेश जारी

काठमाडौं, साउन २० : जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता निरूपणका सन्दर्भमा निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ...
ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, कारण देखाऊ आदेश जारी

काठमाडौं, साउन २० : जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता निरूपणका सन्दर्भमा निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

बुधबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो। 

‘हेडकाउन्ट’का आधारमा आयोगबाट भएको निर्णय खारेजी हुनुपर्ने मागदाबीसहित ठाकुरले आफ्ना वारेस अधिवक्ता प्रदीपकुमार पाठकमार्फत साउन १५ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यसअघि सो मुद्दा पेसीमा चढे पनि दुईपटक ‘हेर्न नभ्याइने’मा परेको थियो। 

आयोगको निर्णय जसपाको विधानविपरीत रहेको दाबी रिटमा गरिएको छ। सर्वोच्च अदालत स्रोतका अनुसार रिटमा अन्तरिम आदेश माग गरिए पनि सर्वोच्चले त्यसलाई अस्वीकार गरेको छ।
 

प्रकाशित मिति: १५:३८ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्