Kathmandu Press

एमाले वरिष्ठ नेता खनालको सफलतापूर्वक मृगौला प्रत्यारोपण

काठमाडौं, साउन २० : एमाले वरिष्ठ नेता झलनाथ खनालको सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएको छ।स्वास्थ्यमा समस्या देखिएपछि केही समययता भारतमा उपचाररत खनालको नयाँ दिल्लीस्थित एपोलो...
एमाले वरिष्ठ नेता खनालको सफलतापूर्वक मृगौला प्रत्यारोपण

काठमाडौं, साउन २० : एमाले वरिष्ठ नेता झलनाथ खनालको सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि केही समययता भारतमा उपचाररत खनालको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा डा. सन्दीप गुलेरिया  नेतृत्वको चिकित्सिक टोलीले बुधबार उनको मृगौला प्रत्यारोपण गरेको हो।

सोही अस्पतालमा नेप्रोलोजिस्ट डा. अखिल मिश्र नेतृत्वको चिकित्सिक टोलीको निगरानीमा उनको उपचार हुँदै आएको थियो। केही समय अस्पतालमै आराम गरेपछि उनी नेपाल फर्किने उनका स्वकीय सिचव कृष्ण भट्टराईले जानकारी दिए।

स्वास्थ्यमा समस्या आएपछि काठमाडौं‌को नर्भिक अस्पतालमा उपचाररत खनाललाई गत असार २ गते थप उपचारका लागि नयाँ दिल्ली लगिएको थियो। 

प्रकाशित मिति: १५:१४ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्