Kathmandu Press

नेपाली क्रिकेट सधैं मेराे प्राथमिकतामा रहनेछ : पारस खड्का

काठमाडौं, साउन २० : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि नेपाली क्रिकेटलाई सधैं प्राथमिकतामा राख्ने बताएका...
नेपाली क्रिकेट सधैं मेराे प्राथमिकतामा रहनेछ : पारस खड्का

काठमाडौं, साउन २० : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि नेपाली क्रिकेटलाई सधैं प्राथमिकतामा राख्ने बताएका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले सन् २००५ मै नेपालले एकदिवसीय मान्यता पाएको उल्लेख गर्दै आफ्नो जीवनकालमै टेस्ट राष्ट्र बनेको हर्ने चाहना रहेको बताए।

उनले मंगलबार मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। उनले आफू क्रिकेटको व्यवस्थापनमा आउन चाहेको पनि उल्लेख गरे। उनले घरेलु क्रिकेटमा अझै केही समय खेल्ने पनि बताए।

उनले सबैको सहयोग र मिहिनेतले नेपाली क्रिकेटले अवस्था सुधारेको बताए। उनले अहिले उचित यही हो भन्ने लागेर अन्तर्राष्ट्रिय क्रिकेटबाट राजीनामा दिएको पनि बताए। 

खड्काले एक महिनाभित्र आफूले आफ्नो क्रिकेट एकेडेमी समेत सञ्चालनमा ल्याउन लागेको बताए। छिट्टै लन्च एकेडेमी स्थापना हुने र त्यसलाई देशभरि लैजाने उनको भनाइ थियो।

पारसले सही अवसर प्राप्त भए आफू राजनीतिमा पनि लाग्न सक्ने तर नेपाली क्रिकेटलाई कसरी अघि बढाउने भन्नेतर्फ आफ्नो सधैं ध्यान रहने उनले बताए। 

प्रकाशित मिति: १५:०५ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्