‘मेरो मनमा चीन’ विषयक चित्रकला प्रतियोगिता सम्पन्न
पोखरा, साउन २० : ‘मेरो मनमा चीन’ शीर्षकमा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ। चिनियाँ राजदूतावासको आयोजना तथा यहाँस्थित नेपाल–चीन जनमैत्री सङ्घको संयोजनमा सो...
पोखरा, साउन २० : ‘मेरो मनमा चीन’ शीर्षकमा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ। चिनियाँ राजदूतावासको आयोजना तथा यहाँस्थित नेपाल–चीन जनमैत्री सङ्घको संयोजनमा सो प्रतियोगिता गरिएको हो।
कास्कीका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले भाग लिएका प्रतियोगितामा कास्की मोर्डनाइज्ड स्कुलकी सिन्जल पुनले पहिलो, कुमुदिनी होम्सकी अविशा पालिखेले दोस्रो, कुमुदिनीकै सुहाना गुरुङले तेस्रो र पश्चिमाञ्चल एकेडेमीका श्याम शर्माले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।
प्राज्ञ तथा कलाकार रमेश श्रेष्ठले उनीहरूलाई क्रमशः १० हजार, ८ हजार र ६ हजार रुपैयाँ प्रदान गर्दै चित्रकलाकै माध्यमबाट पनि गुजारा चलाउन सकिने भएकाले यसलाई सोखका रुपमा मात्रै नलिएर पेसा नै बनाउन सकिने बताए।
प्रतियोगी अध्ययनरत विद्यालयलाई शैक्षिक सामग्री पनि प्रदान गरिएको सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिए। चीनले जनस्तरमै सम्बन्ध विस्तार गर्ने उद्देश्यले यस्ता प्रतियोगिता आयोजना गर्दै आएको र विद्यार्थीहरू कलाका अतिरिक्त अन्य रचनात्मक क्रियाकलापमा समेत सामेल होउन् भन्ने उद्देश्यले ती सामग्री उपलब्ध गराइएको बताए।



-(7)-1765197040.jpg)








