Kathmandu Press

नेपाल समूहको केन्द्रीय कमिटी बैठक बिहीबार बस्नेगरी स्थगित

काठमाडौं, साउन २० : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।बैठक बुधबार बिहान ११ बजेका लागि तय गरिएको...
नेपाल समूहको केन्द्रीय कमिटी बैठक बिहीबार बस्नेगरी स्थगित

काठमाडौं, साउन २० : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।

बैठक बुधबार बिहान ११ बजेका लागि तय गरिएको थियो। बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको जनाइएको छ।

Hardik ivf

पार्टी एकताका सन्दर्भमा अध्यक्ष केपी ओली र नेता नेपालका आआफ्नै अडानका कारण एमाले सहमतिको बिन्दुमा पुग्न सकेको छैन।

दोस्रो पुस्ताका नेताहरूले सहमतिको प्रयासलाई जारी राखेका छन्। तर शीर्ष नेताहरू लचकदार नबन्दा उनीहरू हैरान भइसकेका छन्।   

नेता नेपाल आफ्नै समूहका नेताहरूको एमाले एकतालाई जोड दिनुपर्ने र सरकारमा सहभागी हुनुपर्ने दुईथरी धारणाको चेपमा पर्दा अनिर्णयको बन्दी बनिरहेका छन्।

बिहीबारको बैठकमा एमाले एकता प्रयास र सरकारमा सहभागिताबारे छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: १३:१७ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्