राष्ट्रिय सभाको बैठक बस्दै, अख्तियारको वार्षिक प्रतिवेदन पेस हुने
काठमाडौं, साउन २० : आज अपराह्न १ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ। त्यसका लागि सम्भावित दैनिक कार्यसूची प्रकाशन गरिएको छ।संघीय संसदको महासचिव डा. भरतराज...
काठमाडौं, साउन २० : आज अपराह्न १ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ। त्यसका लागि सम्भावित दैनिक कार्यसूची प्रकाशन गरिएको छ।
संघीय संसदको महासचिव डा. भरतराज गौतमद्वारा प्रकाशित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औं वार्षिक प्रतिवेदन, २०७६/७७ पेस गर्ने उल्लेख छ।
त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७’ पेस गर्ने कार्यसूची तय गरिएको छ।
प्रधानमन्त्री देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘तथ्याङ्क विधेयक, २०७६ र २०७८, माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।
देउवाले नै विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ र ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने जनाइएको छ।
-1789476019.jpg)




-1789476019.jpg)





