पत्नी हत्या आरोपमा काठमाडौंमा एकजना पक्राउ
काठमाडौं, साउन २० : पत्नीको हत्या गरेको आरोपमा काठमाडौंको चमतीबाट एकजना पक्राउ परेका छन्।२८ वर्षीया पत्नी बबिता राईको हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६...
काठमाडौं, साउन २० : पत्नीको हत्या गरेको आरोपमा काठमाडौंको चमतीबाट एकजना पक्राउ परेका छन्।
२८ वर्षीया पत्नी बबिता राईको हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ चमती डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका-२ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।
रामेश्वरले मंगलबार राति आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:३२ बजे, बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





