Kathmandu Press

त्रिकोणात्मक सिरिजका लागि २० सदस्यीय प्रारम्भिक टिम घोषणा

काठमाडौं, साउन २० : आईसिसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिजका लागि प्रारम्भिक नेपाली टिमको घोषणा गरिएको छ। ओमानमा हुने नेपाल, ओमान र...
त्रिकोणात्मक सिरिजका लागि २० सदस्यीय प्रारम्भिक टिम घोषणा

काठमाडौं, साउन २० : आईसिसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिजका लागि प्रारम्भिक नेपाली टिमको घोषणा गरिएको छ। ओमानमा हुने नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको नेपाल क्रिकेटसंघ क्यानले बुधबार २० सदस्यीय प्ररमिभक टिमको घोषणा गरेको छ।

सिरिजका लागि बन्द प्रशिक्षण सुरु गर्न क्यानले २० सदस्यीय टिम घोषणा गरेको हो। सिरिजका लागि घोषणा गरिएको टिममा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल आसिफ सेख, गुल्सन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने रहेका छन। 

यस्तै, कमलसिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ, रोहितकुमार पौडल र पारस खड्का रहेका छन्।

क्यानले पारस खड्कालाई बन्द प्रशिक्षणको टिममा राखे पनि उनी प्रशिक्षणमा सहभागी हुने छैनन्। उनले मंगलबार मात्रै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए।

प्रकाशित मिति: १२:३० बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्