Kathmandu Press

ठाकुरको रिट न्यायाधीश राउतको इजलासमा

काठमाडौं, साउन २० : पार्टी आधिकारिकता निरूपणका सन्दर्भमा निर्वाचन आयोगको निर्णयको निर्णय चित्त नबझेपछि महन्थ ठाकुरले दायर गरेको रिटको सुनुवाइ आज हुने भएको...
ठाकुरको रिट न्यायाधीश राउतको इजलासमा

काठमाडौं, साउन २० : पार्टी आधिकारिकता निरूपणका सन्दर्भमा निर्वाचन आयोगको निर्णयको निर्णय चित्त नबझेपछि महन्थ ठाकुरले दायर गरेको रिटको सुनुवाइ आज हुने भएको छ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा हुने सो रिटमाथि सुनुवाइ हुने भएको छ। 

‘हेडकाउन्ट’का आधारमा आयोगबाट भएको निर्णय खारेजी हुनुपर्ने मागदाबीसहित ठाकुरले आफ्ना वारेस अधिवक्ता प्रदीपकुमार पाठकमार्फत साउन १५ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यसअघि सो मुद्दा पेसीमा चढे पनि दुुईपटक ‘हेर्न नभ्याइने’मा परिसकेको छ। 

आयोगको निर्णय जनता समाजवादी पार्टी (जसपा) को विधानविपरीत रहेको दाबी रिटमा गरिएको छ। 
 

प्रकाशित मिति: १२:२२ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्