साउन २२ देखि भेराेसेल खाेपकाे दाेस्राे मात्रा लगाउन पाइने
काठमाडाैं, साउन २० : कोरोना भाइरसविरुद्धको पहिलो मात्रामा भेरोसेल खोप लगाएका व्यक्तिहरुले दोस्रो मात्र साउन २२ गतेदेखि पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...काठमाडाैं, साउन २० : कोरोना भाइरसविरुद्धको पहिलो मात्रामा भेरोसेल खोप लगाएका व्यक्तिहरुले दोस्रो मात्र साउन २२ गतेदेखि पाउने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिले दोस्रो मात्राको खोप देशैभरबाट लगाउन पाउने छन्।
गत असार २९ गते पहिलो खोप लगाएकाहरुले २१ दिन पुगेपछि दोस्रो मात्राको खोप लगाउन पाइने स्वास्थ्य सेवा विभागले जनाएको छ।
यस्तै विदेश जानेहरूले कीर्तिपुरस्थित राष्ट्रिय आर्युवेदिक अनुसन्धान तथा तालिम केन्द्रबाट क्विआर कोडसहित खोप लगाउने व्यवस्था गरिएको विभागले जनाएको छ।
प्रकाशित मिति: १२:०८ बजे, बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





