Kathmandu Press

स्वास्थ्य मन्त्रालय र वीपी प्रतिष्ठान संघर्ष समितिबीच ६ बुँदे सहमति

काठमाडौं, साउन २० : स्वास्थ्य मन्त्रालय र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान संघर्ष समितिबीच सहमति भएको छ। बुधबार दुई पक्षबीच ६ बुँदे सहमति भएसँगै...
स्वास्थ्य मन्त्रालय र वीपी प्रतिष्ठान संघर्ष समितिबीच ६ बुँदे सहमति

काठमाडौं, साउन २० : स्वास्थ्य मन्त्रालय र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान संघर्ष समितिबीच सहमति भएको छ। 

बुधबार दुई पक्षबीच ६ बुँदे सहमति भएसँगै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुद्धिकरण अभियान, संयुक्त संघर्ष समितिले घोषणा गरेका संघर्षका कार्यक्रमहरु हाललाई स्थगित गरेको छ। 

समितले साउन १६ मा विभिन्न संर्घषका कार्यक्रमहरु घोषणा गरेको थियो।

सहमतिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट डा कृष्णप्रसाद पौडेल, मानबहादुर बस्नेत र देवराज भण्डारीले तथा संघर्ष समितिका तर्फबाट संयोजक डा एसपी रिमाल, सह संयोजक डा विष्णु पोखरेल लगायतका १४ जना सदस्यहरुले हस्ताक्षर गरेका छन्। 

त्यस्तै, सहमति पत्रमा २०७८ साल श्रावण १९ मा सार्वजनिक भएको ‘वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या पहिचान तथा छानवीन कार्यदल’ को प्रतिवेदनको परिच्छेद ३ मा उल्लेख गरिएको समस्या समाधानको लागि सुझाव कार्ययोजनाको अनुसूची - १ बमोजिमको सुझाव कार्ययोजनाको समय/सीमाभित्र कार्यान्वयनमा लैजाने साथै यसअघि बनेका प्रतिवेदनहरु सार्वजनिक गरी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक महाशाखा आजै तोक्ने उल्लेख गरिएको छ। 

प्रकाशित मिति: ११:१९ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्