Kathmandu Press

काठमाडौंमा फेरि एक हप्ता निषेधाज्ञा थप

काठमाडौं, साउन २० : काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गरिएको छ। यसअघि लगाइएको निषेधाज्ञा आज सकिँद छ।काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख...
काठमाडौंमा फेरि एक हप्ता निषेधाज्ञा थप

काठमाडौं, साउन २० : काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गरिएको छ। यसअघि लगाइएको निषेधाज्ञा आज सकिँद छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले भोलिदेखि लागू हुने गरी फेरि निषेधाज्ञा थप्ने निर्णय गरेका हुन्। तीनै जिल्लामा साउन २७ गतेसम्म निषेधाज्ञा थप गरिएको हो।

यसअघि साउन ११ गतेदेखि निषेधाज्ञा थपिएको थियो। आज राति १२ बजे निषेधाज्ञा सकिने भएपछि भोलि बिहानदेखि लागू हुने गरी निषेधाज्ञा थपिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

कोरोना भाइरसको जोखिम नघटेकाले निषेधाज्ञा थपिएको उनको भनाइ छ। यस पटकको निषेधाज्ञामा कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गराइने उनले बताए।

अन्य गतिविधि भने यसअघिको जस्तै यथावत रहनेछन्। सभा, सम्मेलन, जुलुस निकाल्न भने रोक लगाइएको छ।

प्रकाशित मिति: ०९:०३ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्