Kathmandu Press

अब खोप लगाएको प्रमाणपत्र जिल्ला अस्पतालमै पाइने

काठमाडौं, साउन २० : अबदेखि कोरोना भाइरसको खोप लगाएको प्रमाणपत्र जिल्लामै पाइने भएको छ।विदेश जाने मजदुर तथा विद्यार्थीलाई काठमाडौंमा खोप लगाएको प्रमाणपत्र लिन...
अब खोप लगाएको प्रमाणपत्र जिल्ला अस्पतालमै पाइने

काठमाडौं, साउन २० : अबदेखि कोरोना भाइरसको खोप लगाएको प्रमाणपत्र जिल्ला अस्पतालमै पाइने भएको छ।

विदेश जाने मजदुर तथा विद्यार्थीलाई काठमाडौंमा खोप लगाएको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको हो। बुधबार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले ७७ वटै जिल्लालाई पत्र पठाएर त्यहिँबाट खोप लगाएको प्रमाणिकरण गर्न निर्देशन दिएका छन्।

स्वास्थ्य विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पठाएको पत्रमा स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार जिल्लाबाटै प्रमाणपत्र प्रदान गर्न भनिएको छ। खोप लगाएको कार्ड ल्याउने व्यक्तिलाई प्रमाणिकरण गर्न पनि परिपत्रमा उल्लेख गरिएको छ।

यसका लागि सरकारले ५० भन्दा बढी सय्या भएका सरकारी अस्पतालले प्रमाणिकरण गर्नसक्ने व्यवस्था गरेको छ। खोप लगाएको प्रमाणपत्र दिँदा शुल्क नलिन पनि स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ।

May be an image of text

प्रकाशित मिति: ०७:४९ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्