Kathmandu Press

न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा, भारत बाहिरियो

काठमाडौं, असार २५ : भारतलाई पराजित गर्दै न्यूजिल्याण्ड आईसिसी विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ।

बुधबार म्यान्चेस्टरमा भएको सेमिफा....

न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा, भारत बाहिरियो

काठमाडौं, असार २५ : भारतलाई पराजित गर्दै न्यूजिल्याण्ड आईसिसी विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ।

बुधबार म्यान्चेस्टरमा भएको सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो। न्यूजिल्याण्डले दिएको २४० रनको लक्ष्य पछ्याएको भारत ४९ दशमलव ३ ओभरमा २२१ रनै अलआउट भयो।

भारतका लागि रवीन्द्र जडेजाले सर्वाधिक ७७ र महेन्द्र सिंह धोनीले ५० रन जोडेपनि हार टार्न सकेनन्। यस्तै, हार्दिक पाण्डेय र रिषभ पन्तले समान ३२ रनको योगदान दिएका थिए। कप्तान विराट कोहली र रोहित शर्मा एक रनमै आउट हुँदा भारत सुरुदेखि नै दबाबमा परेको थियो।

१.३ ओभरमा भारतको स्कोर बोर्डमा चार रन हुँदा रोहित एक रनमै आउट भने भने कप्तान विराट एक रनमै आउट हुँदा भारतले जम्मा ५ रन जोगडेको थियो।
न्यूजिल्याण्डका लागि मट हेनरीले तीन विकेट लिँदा ट्रेन्ट बोल्ट र मिचेल साट्नरले समान २–२ विकेट लिएका थिए। 

यसअघि पहिले व्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रनको योगफल तयार पारेको थियो।

न्यूजिल्याण्डका लागि रोस टायलरले ७४ र केन विलियम्सनले ६७ रनको योगदान दिए। यस्तै, हेनरी निकोल्सले २८, कोलिनले १६ र जेम्स नेसह्याम्सले १२ रन जोडेका थिए।

भारतका लागि भुवनेश्वर कुमारले सर्वाधिक तीन विकेट लिँदा हार्दिक पाण्डेय, जस्प्रित बुर्माह, रविन्द्र जडेजा र युभेन्द्रले समान १–१ विकेट लिएका थिए।

 अब उपाधिका लागि न्यूजिल्याण्डले अष्ट्रेलिया र घरेलु टोली इंल्याण्डबीचको विजेतासँग खेल्नेछ।  यसअघि हिजो यी दुई टिमबीचको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएको थियो।
 

प्रकाशित मिति: २०:०४ बजे, बुधबार, असार २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्