छानबिन कार्यदलको निष्कर्ष : बिपी प्रतिष्ठानमा आर्थिक अनियमितता बढ्दो र शैक्षिक स्तर खस्कँदो (प्रतिवेदनसहित)
काठमाडौं, साउन १९ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले त्यहाँ आर्थिक अनियमितता बढ्दै गएको...
काठमाडौं, साउन १९ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले त्यहाँ आर्थिक अनियमितता बढ्दै गएको र शैक्षिक स्तर क्रमश खस्कँदै गएको निष्कर्ष निकालेको छ।
समितिले स्थलगत अध्ययन गरी तयार पारेका प्रतिवेदनमा प्रतिष्ठानको आम्दानी घट्दै गएको, शैक्षिक स्तर क्रमश खस्कँदै गएको, प्राज्ञिक क्षेत्र तथा कर्मचारीको वृत्ति विकास रोकिएको पनि उल्लेख गरिएको छ।
त्यसैगरी प्रतिष्ठानको स्वयत्ततामाथि हस्तक्षेप हुन थालेको, पदाधिकारीबीच असमझदारी देखा परेको पनि प्रतिवेदनमा उल्लेख छ।
सरकारले प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा शिक्षा मन्त्रालयका सहसचिव डा. बैकुण्ठ लम्साल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, कानुन मन्त्रालयका सहसचिव सशील कोइराला, महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक ज्ञानेन्द्र पौडेल, सार्वजनिक खरिद अनुगमन कार्यालयबाट सहसचिव विष्णु कोइराला, प्रतिष्ठानका सिनेटर एवं प्राध्यापक डाक्टर सञ्जीव शर्मा रहनेगरी असार ३१ गते कार्यदल गठन गरेको थियो।
सो समितिले साउन ४ गते धरानस्थित प्रतिष्ठानमै पुगेर आन्दोलनरत समूह, पदाधिकारी, विभागीय प्रमुखलगायतसँग छलफल, अनियमितता भएको भनिएका विष्षयमा छानबिन गरेको थियो।
त्यहाँबाट फर्केपछि सामितिले छानबिनबाट प्राप्त तथ्यको विश्लेषण गरी सोमबार (साउन १८) प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो।
<>
-1789476019.jpg)




-1789476019.jpg)





