Kathmandu Press

काठमाडौं उपत्यकामा ९०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १९ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सबैभन्दा बढी काठमाडौंमा ६ सय १३...
काठमाडौं उपत्यकामा ९०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १९ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सबैभन्दा बढी काठमाडौंमा ६ सय १३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यसैगरी  भक्तपुरमा १ सय १४ र ललितपुरमा १ सय ७७ जना संक्रमित थपिएका छन् । 

थपिएकोसहित काठमाडौंमा सक्रिय संक्रमितको संख्या ९ हजार १ सय १५ पुगेको मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ। 

 

प्रकाशित मिति: १८:१९ बजे, मंगलबार, साउन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्