Kathmandu Press

थपिए ३३८३ संक्रमित, १९९४ जना संक्रमणमुक्त, २४ को मृत्यु

हाल देशभर ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये होम आइसोलेसनमा २९ हजार २२, संस्थागत आइसोलेसनमा ३ हजार ३७, आईसीयूमा ६ सय ८६र भेन्टिलेटरमा १ सय६२ जना संक्रमित रहेका छन्।
थपिए ३३८३ संक्रमित, १९९४ जना संक्रमणमुक्त, २४ को मृत्यु

काठमाडौं, साउन १९ : पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ८३ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार १६ हजार ७१८ जनाको नमुना परीक्षण भएको थियो। पीसीआर परीक्षण बाट २ हजार ४ सय ४८ र एन्टिजेन परीक्षण बाट ९३५ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार १ हजार ९ सय ९४ जना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुने संक्रमितको कुल संख्या ६ लाख ६० हजार १ सय १६ पुगेको छ।

सोही अवधिमा २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थपिएका सहित मृत्यु हुनेको कुल संख्या ९ हजार ९ सय २२ पुगेको छ।

हाल देशभर ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये होम आइसोलेसनमा २९ हजार २२, संस्थागत आइसोलेसनमा ३ हजार ३७, आईसीयूमा ६ सय ८६र भेन्टिलेटरमा १ सय६२ जना संक्रमित रहेका छन्।

प्रकाशित मिति: १८:०१ बजे, मंगलबार, साउन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्