Kathmandu Press

ओलम्पिक पुरुष फुटबल : मेक्सिकोलाई ब्राजिल फाइनलमा

काठमाडाैं, साउन १९ : मोक्सिकोलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ब्राजिल ओलम्पिकको पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार जापनमा भएको ब्राजिलले सेमिफाइनलमा मेक्सिकोलाई...
ओलम्पिक पुरुष फुटबल : मेक्सिकोलाई ब्राजिल फाइनलमा

काठमाडाैं, साउन १९ : मोक्सिकोलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ब्राजिल ओलम्पिकको पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार जापनमा भएको ब्राजिलले सेमिफाइनलमा मेक्सिकोलाई पेनाल्टी सेटआउटमा ४–१ले हरायो ।

निर्धारित समय र थप गरिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो।

पेनाल्टीमा ब्राजिलका कप्तान ड्यानी अल्भेस, रेनियर जेसुस, ग्याब्रिअल मार्टिनेली, ब्रुनो गुइमारेसले गोल गरे भने मेक्सिकोका कार्लोस रोड्रिगेसले मात्र गोल गरे। उसका इडवार्डो अगुइरेको पेनाल्टी ब्राजिलका किपरले रोकेका थिए भने जोआन भास्वेसको प्रहार पोलमा राखेको थियो।

अब ब्राजिलले स्वर्णका लागि स्पेन र आयोजक जापानबीचको विजेतासँग खेल्ने छ। ब्राजिलल ओलम्पिक पुरुष फुटबलको डिफेन्डिङ च्याम्पियन हो।

प्रकाशित मिति: १७:४७ बजे, मंगलबार, साउन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्