Kathmandu Press

जनमोर्चा गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा पियारी थापा

जनमोर्चा गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा पियारी थापा

काठमाडौं, साउन १९ : राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश संसदीय दलको नेतामा पियारी थापालाई नियुक्त गरेको छ ।

जनमोर्चा संसदीय दलको मंगलबारको बैठकले थापालाई संसदीय दलको नेता चयन गरेको हो ।

गण्डकी प्रदेशसभामा जनमोर्चाका तीन सांसद छँदा कृष्ण थापा संसदीय दलको नेता थिए । तत्कालीन मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङविरुद्ध गठबन्धनले ल्याएको अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्न पार्टीले दिएको निर्देशन उल्लंघन गरेपछि थापाको सांसद पद गुमेको छ ।

थापा सांसद नरहेपछि प्रमुख सचेतक रहेकी पियारीलाई संसदीय दलको नेता बनाइएको हो । जनमोर्चाले प्रमुख सचेतकको जिम्मेवारी खिमविक्रम शाहीलाई दिइएको छ।
 

प्रकाशित मिति: १७:४० बजे, मंगलबार, साउन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्