Kathmandu Press

‘अल्मुताइरी राजीनामा प्रकरण’ छानविन गर्न  समिति गठन

काठमाडौं, साउन १९ : पछिल्लो २ सातायता विवादमा तानिएका राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा प्रकरणको छानबिन गर्न राष्ट्रिष्य खेलकुद परिषद्ले...
‘अल्मुताइरी राजीनामा प्रकरण’ छानविन गर्न  समिति गठन

काठमाडौं, साउन १९ : पछिल्लो २ सातायता विवादमा तानिएका राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा प्रकरणको छानबिन गर्न राष्ट्रिष्य खेलकुद परिषद्ले समिति गठन गरेको छ।

‘अल्मुताइरी राजीनामा प्रकरण’को छानबिनका लागि राखेपले पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो।

अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण आफूले प्रमुख प्रशिक्षकबाट  राजीनामा दिने फेसबुकमार्फत घोषणा गरेपछि विवाद सुरु भएको थियो।

लगत्तै नेम्वाङले आफूमाथि षड्यन्त्र भएको भन्दै निष्पक्ष छानविन गर्न एन्फालाई आग्रह गरेका थिए।

सोही विवाद समाधानका लागि बसेको एन्फका आकस्मिक कार्यसमिति बैठकले विवाद छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई अग्रह गरेको थियो। 

मन्त्रालयले सोमबार बेलुकका मात्र ‘अल्मुताइरी राजीनामा प्रकरण’को छानबिन गरी प्रतिवेदन बुझाउन राखेपलाई निर्देशन दिएको थियो।

सोही निर्देशन बमोमिज राखेपले सात सदस्यीय ‘विवाद समाधान समिति’ गठन गरेको हो। राखेपले छानविन समितिको सचिव सरोजकुमार पोखरेललाई बनाएको छ। यस्तै अन्य सदस्यमा  रेणु श्रेष्ठ, सुवर्ण श्रेष्ठ, चन्द्रबदना राई, अर्जुन विक र नारायणराज अर्याल छन्। 

राखेपले समितिलाई सात दिनभित्र सत्य तथ्य छानविन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।

प्रकाशित मिति: १७:३२ बजे, मंगलबार, साउन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्