काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप
काठमाडौं, साउन १९ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ।उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको मंगलबार बसेको बैठकले साउन २१ देखि २७ गतेसम्म...
काठमाडौं, साउन १९ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ।
उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको मंगलबार बसेको बैठकले साउन २१ देखि २७ गतेसम्म निषेधाज्ञा थप गरेको हो।
पछिल्लो समय जारी निषेधाज्ञा बुधबार राति १२ बजे सकिँदैछ। साबिककै निर्णयहरूलाई कडाइका साथ पालना गर्ने गरी एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए।
जारी निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरीलगायत सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।
शैक्षिक संस्थाहरूमा पनि भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको छ। थपिएको निषेधाज्ञामा पनि यसलाई निरन्तरता दिइएको छ।
पहिलाकै अनुसार औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक अरू पसल तथा व्यवसायहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न अनुमति दिइएको छ।
आदेशअनुसार रेष्टुरेन्ट तथा फास्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवा साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ।
मंगलबार मात्रै काठमाडौं प्रशासनले निषेधाज्ञाको उल्लंघन गर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

-1789476019.jpg)




-1789476019.jpg)





