नेता नेपालले डाके केन्द्रीय कमिटी बैठक
काठमाडौं, साउन १९ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठक बोलाएका छन्।नेपालले बुधबार बिहान ११ बजेका लागि आफूपक्षीय केन्द्रीय कमिटीको बैठक...
काठमाडौं, साउन १९ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठक बोलाएका छन्।
नेपालले बुधबार बिहान ११ बजेका लागि आफूपक्षीय केन्द्रीय कमिटीको बैठक डाकेको एक नेताले जानकारी दिए।
बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका तथा पार्टीगत परिस्थितिबारे विश्लेषण गरी अगाडि बढ्ने रणनीति तयार गर्ने विषयमा छलफल हुने उनले बताए।
सोमबार पनि नेपाल समूहको स्थायी कमिटी बैठक बसेको थियो। सो बैठकमा नेता नेपालले पार्टी एकता सम्मानजनक हुनुपर्नेमा जोड दिएका थिए।
नेपाल समूहका केही नेता सरकारमा सहभागी हुनुपर्ने र केही नेता पार्टी एकता गरेर अघि बढ्नुपर्ने पक्षमा छन्।
प्रकाशित मिति: १६:२४ बजे, मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





