स्वास्थ्य मापदण्ड उल्लंघन गरे कडा कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनी
काठमाडौं, साउन १९ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मापदण्ड पालन गर्न अनुरोध गरेको छ। निषेधाज्ञा र स्वास्थ्य मापदण्डको...
काठमाडौं, साउन १९ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मापदण्ड पालन गर्न अनुरोध गरेको छ।
निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरेगराएको पाइए प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी पनि दिइएको छ।
मंगलबार विज्ञप्ति जारी गरेर काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पछिल्लो केही दिनदेखि काठमाडौं उपत्यकालगायत जिल्लाहरुमा कोरोनाको संक्रमण दर उच्च हुँदै गएको, अस्पतालहरुमा भेन्टिलेटर, आइसियु र आकस्मिक सेवाका बेडहरु बिरामीले भरिँदै गएको भन्दै काठमाडौं प्रशासनले ले भीडभाडजन्य क्रियाकलाप नगर्न र स्वास्थ्य मापदण्ड पालन गर्न अनुरोध गरेको हो।
निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरेगराएको पाइए प्रचलित कानुन बमोजिम कडा कारबाहीको चेतावनी दिएका हुन्। काठमाडौं उपत्यकामा जारी गरिएको निषेध आदेश कायमै रहेको विज्ञप्तिमा जनाइएको छ।
कोरोनाको संक्रमण दर घटाउनुमा सबै पक्ष र समुदायको उक्तिकै जिम्मेवारी र भूमिका रहने विज्ञप्तिमा बताइएको छ।
‘निषेधाज्ञा जारी रहेको तथा संक्रमणको जोखिम उच्च रहेको वर्तमान अवस्थामा विभिन्न समुहबाट भीडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्यालीजस्ता गतिविधिमा संलग्न रहने, तोकिएको स्वास्थ्य मापदण्डको परिपालना नगर्ने, मास्कको उचित प्रयोग नगर्ने, भौतिक दूरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिविधि संचालन गर्नाले कोभिड-१९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्ड विपरित यस्ता गतिविधिहरु नगर्ननगराउन सबै पक्षलाई सूचित गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा थप भनिएको छ, ‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरेगराइएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारवाही हुने व्यहोरा समेत सूचित गरिन्छ।’
-1789476019.jpg)




-1789476019.jpg)





