Kathmandu Press

छानविन समितिको प्रतिवेदनपछि दार्चुला घटनामा सरकार दृढतापूर्वक उभिन्छः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले छानविन समितिको प्रतिवेदन आएपछि सरकार त्यसलाई आधार बनाएर दार्चुला घटनामा दृढतापूर्वक उभिने बताएका छन् ।
छानविन समितिको प्रतिवेदनपछि दार्चुला घटनामा सरकार दृढतापूर्वक उभिन्छः गृहमन्त्री

काठमाडौं, साउन १९ : गृहमन्त्री बालकृष्ण खाँणले छानविन समितिको प्रतिवेदन आएपछि सरकार त्यसलाई आधार बनाएर दार्चुला घटनामा दृढतापूर्वक उभिने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूको दार्चुला घटनामा उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले समितिले सत्यतथ्य पत्ता लगाएर जे ठहर गर्छ, त्यसमा सरकारले दृढतापूर्वक अडान लिने स्पष्ट पारे ।

१५ साउनमा दार्चुलाका जयसिंह धामी महाकाली नदीमाथि टाँगिएको तुइन तर्दै गर्दा भारतीय सुरक्षाकर्मीले तुइन काटिँदा बाढीमा बेपत्ता भएका थिए । उनको अवस्था हालसम्म अज्ञात छ । उक्त घटनामा छानविन समितिको प्रतिवेदन नै सरकारको अडान हुने खाँणले बताए ।

उक्त घटनामा गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन टोली सरकारले घटनास्थलमा पठाएको छ । टोलीले घटनास्थल पुगेर अध्ययन गर्नुका साथै धामीभन्दा अगाडि तुइन तरेका र वारि नै रहेका नागरिकसँग पनि भेटेर सत्यतथ्य पत्ता लगाउने मन्त्री खाँणले बताए ।

प्रकाशित मिति: १४:५३ बजे, मंगलबार, साउन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्