‘तुइन एरा’ सकिएको पूर्वप्रधानमन्त्री ओलीको गफ मात्रः झाँक्री
एमाले सांसद रामकुमारी झाँक्रीले तुइनको जमाना सकियो भनेर पूर्वप्रधानमन्त्री केपी ओलीको गफ मात्र भएको बताएकी छन्।
काठमाडौं, साउन १९ : एमाले सांसद रामकुमारी झाँक्रीले तुइनको जमाना सकियो भनेर पूर्वप्रधानमन्त्री केपी ओलीको गफ मात्र भएको बताएकी छन् ।
दार्चुलामा महाकाली नदीमाथि टाँगिएको तुइन भारतीय सुरक्षाकर्मी काटिदिँदा नेपाली नागरिक जयसिंह धामी बेपत्ता भएको घटनाबारे प्रतिनिधिसभामा आफ्नो विचार राख्दै झाँक्रीले तुइनको एरा सकियो भनेर ओलीले गफ मात्र दिएको र यथार्थ नेपाली नागरिकले अझै पनि नदी तर्न तुइन तर्नुपर्ने अवस्था रहेको बताइन् ।
वर्तमान सरकारले ओली नेतृत्वको सरकारले गरेका जनविरोधी कामलाई खारेज गर्नुपर्ने बताइन् । वर्तमान सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउने दायित्व मात्र बोकेर नपुग्ने औँल्याउँदै झाँक्रीले अघिल्लो सरकारले गरेका गलत कामलाई सुधार्नुपर्ने बताइन् ।
अघिल्लो सरकारले झापाको गिरिबन्धु टी–स्टेटको हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्न पाउने गरी गरेको निर्णय खारेज गर्नुपर्ने उनले माग गरिन् ।
-1789476019.jpg)




-1789476019.jpg)





