Kathmandu Press

भारतसँग औपचारिक विरोध जनाउन एमालेकाे माग

काठमाडाैं, साउन १९ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दार्चुला घटनाबारे भारतसामू औपचारिक विरोध जनाउन माग गरेको छ।मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष...
भारतसँग औपचारिक विरोध जनाउन एमालेकाे माग

काठमाडाैं, साउन १९ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दार्चुला घटनाबारे भारतसामू औपचारिक विरोध जनाउन माग गरेको छ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका सांसद गणेशसिंह ठगुन्नाले भारतसँग औपचारिक रुपमा विरोधत्र जनाउन माग गरेका हुन्।

भारतीय सुरक्षा बल एसएसबीको जवानले महाकाली नदीमाथि रहेको तुइनको तार काट्दा जयसिंह धामी नदीमा खसेका थिए।

सांसद गणेशसिंह ठगुन्नाले भने, 'यो घटनाको छानबिनको लागि संसदीय छानबिन समिति गठन गरियोस्, यो घटनाको औपचारिक रूपमा भारतसमक्ष विरोध जनाइयोस् र दोषीलाई कारबाही गर्न पहिल गरियोस्।' धामीका परिवारलाई सरकारले क्षतिपूर्ति गर्नुपर्ने पनि एमालेले माग गरेकाे छ।

उनले दार्चुला घटनालाई स्थानीय प्रशासनले साम्य पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। उनले स्थानीय प्रशासन र गृह मन्त्रालयले घटनालाई गम्भीर रूपमा नलिएको पनि आरोप लगाए।

प्रत्यक्षदर्शीले एसएसबीविरुद्ध भारतीय थानामा जाहेरी दिइसकेपनि नेपालको प्रशासनले भ्रम नफैलाउन भन्दै विज्ञप्ति निकालिरहेको उनले बताए। उनले भने, 'सरकारले अविलम्ब भारत सरकारसँग औपचारिक विरोध जनाओस्, दोषी एसएसबीलाई मानव हत्या गरेको अभियोगमा कारबाही होस् र मृतकका परिवारलाई क्षतिपूर्तिको घोषणा गर्न समेत माग गर्दछु।'

प्रकाशित मिति: १४:०८ बजे, मंगलबार, साउन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्