प्रधानसेनापति थापा र अमेरिकी राजदूतबीच भेटवार्ता
२४ साउनदेखि विदा बस्न लागेका प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकी राजदूत ¥यान्डी बेरीबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ ।
काठमाडौं, साउन १९ : २४ साउनदेखि विदा बस्न लागेका प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकी राजदूत ¥यान्डी बेरीबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानसेनापति थापाको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगीअड्डाले जनाएको छ । ‘यस किसिमको नियमित भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ जंगीअड्डाले विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रकाशित मिति: १४:०७ बजे, मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





