Kathmandu Press

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदली बदली शुरु

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ यूएनिमस मिसनका लागि मंगलबार २२३ जनाको टोली मिसन इलाकातर्फ प्रस्थान गरेका छन्।
दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदली बदली शुरु


काठमाडौं, साउन १९ : संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ यूएनिमस मिसनका लागि मंगलबार २२३ जनाको टोली मिसन इलाकातर्फ प्रस्थान गरेका छन्।

दक्षिण सुडानमा तैनाथ श्री कालिध्वज गण (शा.से.) १० औं डफ्फालाई बदली गर्नको लागि प्रमुख सेनानी शिखर ज.ब.रा. को नेतृत्वमा श्रीजंग गण (शा.से.) ११ औं डफ्फाको टोली प्रस्थान गरेको हो। 

साथै, दक्षिण सुडानमा आफ्नो कार्यकाल समाप्तिपश्चात नेपाली शान्ति सैनिकहरुको पहिलो टोली साउन २०, दोस्रो टोली भदौ ९ गते र तेस्रो टोली ३० गते नेपाल आईपुग्ने भएको छ। 

कोरोना भाइरसको संक्रमणको समयमा शान्ति स्थापना कार्यलाई निरन्तरता दिन अदली बदलीको समयमा सम्पूर्ण सुरक्षा सतर्कता अपनाइएको रक्षा मन्त्रालयले जनाएको छ।  

प्रकाशित मिति: ११:४० बजे, मंगलबार, साउन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्