Kathmandu Press

मनाङका सबै नागरिकले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, साउन १९ : मनाङका सबै नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। योसँगै मनाङ सबै नागरिकले खोप पाएको पहिलो जिल्ला बनेको छ।स्वास्थ्य...
मनाङका सबै नागरिकले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, साउन १९ : मनाङका सबै नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। योसँगै मनाङ सबै नागरिकले खोप पाएको पहिलो जिल्ला बनेको छ।

स्वास्थ्य कार्यालय मनाङका अनुसार १८ वर्षभन्दा माथिका चार हजार १९८ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका हुन्।

खोप लगाएकामध्ये १६५ जनाले कोभिशिल्डको दोस्रो खोपमात्रा लगाउन बाँकी रहेको छ भने, चार हजार ३३ जनाले पूर्ण खोप लगाएका छन।

मनाङमा कोभिशिल्डको पूर्ण खोप लगाउने नागरिक दुई हजार ९६, जोनसन एण्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक दुई हजार २७ र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेका छन्। 

मनाङमा गत माघ १४ गतेदेखि खोप लगाउने अभियान सुरु भएको थियो।

प्रकाशित मिति: १०:३० बजे, मंगलबार, साउन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्