गुडिरहेको गाडीमाथि पहिरो खस्दा एक जनाको मृत्यु
बुटबल, साउन १९ : गुडिरहेको गाडीमा पहिरो खस्दा ढुंगाले च्यापिएर एक जनाको मृत्यु भएको छ।सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डमा पहिरोले बोलेरो पुरेको हो।...
बुटबल, साउन १९ : गुडिरहेको गाडीमा पहिरो खस्दा ढुंगाले च्यापिएर एक जनाको मृत्यु भएको छ।
सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डमा पहिरोले बोलेरो पुरेको हो। स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ढुंगाले च्यापिएर बोलेरोका सहचालक स्याङ्जाको वालिङ नगरपालिकाका २३ वर्षीय आशिष खाँडको मृत्यु भएको छ। उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोमा च्यापिएर चालक चापाकोट नगरपालिका ५ स्याङ्जाका २६ वर्षीय डिलु थापा घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल बुटवलमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
सिद्धबाबा नजिकै पहिरो खसेको हो। यो सडकखण्डमा यसअघि पनि माथिबाट ढुंगा खसेर दुर्घटना भएका थिए। वर्षा भएसँगै पहिरो खस्ने गरेको छ।
प्रकाशित मिति: ०६:३२ बजे, मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





