Kathmandu Press

न्यूनतम साझा कार्यक्रमपछि मात्रै मन्त्रिपरिषद्‍ विस्तार 

काठमाडौं, साउन १८ : सत्तारुढ साझेदार दलहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ ।न्यूनतम साझा कार्यक्रम लगत्तै...
न्यूनतम साझा कार्यक्रमपछि मात्रै मन्त्रिपरिषद्‍ विस्तार 

काठमाडौं, साउन १८ : सत्तारुढ साझेदार दलहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ ।

न्यूनतम साझा कार्यक्रम लगत्तै मन्त्रिपरिषद् विस्तार गरेर सरकार पूर्ण ढाँचाले अघि बढ्ने सहमति भएको बैठकमा सहभागी नेताहरुले बताएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सोमबार बालुवाटारमा भएको छलफलमा मंगलबारसम्म न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको बुझिएको छ ।

प्रधानमन्त्री नियुक्त भएको तीन साता पुग्दा पनि सरकारले पूर्णता नपाएको भन्दै सरकारको आलोचना हुँदै आएको छ । दलहरूले मंगलबार अबेरसम्म लगाएर भए पनि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको समेत बताईएको छ ।

सत्तारुढ दल निकट कार्यदलले मंगलबारसम्म सरकारका न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ । कार्यदलमा कांग्रेसबाट पुर्णबहादुर खड्का, नेता रमेश लेखक, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षामान पुन, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य रहेका छन् ।

आजको छलफलमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी थिए ।

 

प्रकाशित मिति: २०:३४ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्