Kathmandu Press

सुजिता हत्या प्रकरण : उनका बुबासहित थप तीन जना पक्राउ

काठमाडौं, साउन १८ : महोत्तरीकी सुजिता ठाकुरको हत्या प्रकरणमा उनकै बुबा कामेश्वर पाण्डेयसहित थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।सुजिताको हत्यामा संलग्नता...
सुजिता हत्या प्रकरण : उनका बुबासहित थप तीन जना पक्राउ

काठमाडौं, साउन १८ : महोत्तरीकी सुजिता ठाकुरको हत्या प्रकरणमा उनकै बुबा कामेश्वर पाण्डेयसहित थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुजिताको हत्यामा संलग्नता देखिएपछि बाबु पाण्डेयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीले आज जिल्ला प्रहरी कार्यालय जलेश्वरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका मृतक सुजिताका बुबा पाण्डेयसहित सुजिताकी नन्द ३५ वर्षीया अञ्जु ठाकुर र स्थानीयवासी प्रमोद मण्डललाई सार्वजनिक गरिएको हो ।

प्रहरीका अनुसार बाबु पाण्डेयकै संलग्नतामा देवर रूपेश ठाकुरले सुजिताको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । देवर रूपेशले सुजिताको हत्या गरिसकेपछि पाण्डेयले घटना लुकाउन बार्गेनिङ गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

यसैगरी सुजिताका नन्द अञ्जु र प्रमोद भन्ने व्यक्तिले शव लुकाउन मदत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता हत्या प्रकरणमा प्रहरीले अहिलेसम्म सात जनालाई पक्राउ गरिसकेको छ ।   

प्रकाशित मिति: १९:२० बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्