Kathmandu Press

कोरोना संक्रमित बढेसँगै उपत्‍यकामा निषेधाज्ञा थप कडाइको तयारी 

कोरोना संक्रमित बढेसँगै उपत्‍यकामा निषेधाज्ञा थप कडाइको तयारी 

काठमाडौं, साउन १८ : कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकामा जारी निषधाज्ञामा थप कडाइ गरिने तयारी थालिएको छ ।

संक्रमितको संख्या बढ्दै गएकाले निषेधाज्ञा थप कडाइ गर्न लागिएको हो । बजार तथा खुला स्थानमा मानिसहरूको भिडभाड बढेकाले त्यस्ता कार्यलाई निरुत्साहन गर्ने र मास्क नलगाइ हिड्ने र जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई नियन्त्रणमा लिएर जरिवाना लिने लगायतका नियम बनाईने प्रशासनको तयारी छ ।

यस्तै, सार्वजनिक यातायात सञ्चालनको विषयमा तीनै सीडीओको बैठकले निर्णय गरिने पराजुलीले बताए । निषेधाज्ञाको प्रकृति कस्तो हुने भन्नेबारे आगामी बैठकले निर्णय गर्ने बताईएको छ । कोभिडको दोस्रो लहर आएसँगै मुलुकमा वैशाख १६ गतेबाट काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।

पछिल्लो समय नागरिकको जनजीवन कष्टकर भएकाले जिल्ला प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदै गएको हो । 

प्रकाशित मिति: १९:०० बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्