Kathmandu Press

एमालेले गठन गर्‍यो नौवटा विभाग

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबार बसेको एमाले स्थायी समिति बैठकले नौवटा विभाग गठन गरेको हो, जसमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई समेटिएको छैन।
एमालेले गठन गर्‍यो नौवटा विभाग
फाइल तस्बिर

काठमाडौं, साउन १८ : प्रमुख प्रतिपक्षी दल एमालेले नौवटा विभाग गठन गरेको छ ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबार बसेको एमाले स्थायी समिति बैठकले नौवटा विभाग गठन गरेको हो, जसमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई समेटिएको छैन ।

हाललाई २५ मध्ये नौवटा विभाग मात्र गठन गरिएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । जसअनुसार संगठन विभागमा विष्णु पौडेल, संसदीय विभागमा सुवासचन्द्र नेम्वाङ, आर्थिक विभाग विष्णु रिमाल र प्रचार विभागमा प्रदीप ज्ञवालीलाई प्रमुख तोकिएको छ ।

यस्तै, पर्यटन विभागमा भानुभक्त ढकाल, स्कुल विभागमा केपी ओली, विदेश विभागमा डा. राजन भट्टराई, निर्वाचन विभागमा अग्नि खरेल र स्थानीय तह विभागमा देवेन्द्र दाहाललाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: १८:३२ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्