Kathmandu Press

कर्णाली प्रदेशका चार एमाले सांसद पदमुक्त

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले दिएको पुनरावलोकन निवेदनमा सुनुवाइ गर्दै यसअघिको अन्तरिम आदेश खारेज गरेपछि उनीहरू सांसद पदबाट मुक्त भएका हुन्।
कर्णाली प्रदेशका चार एमाले सांसद पदमुक्त

काठमाडौं, साउन १८ : कर्णाली प्रदेशका चार सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा र कुर्मराज शाही र नन्दसिंह बुढा पदमुक्त भएका छन्।

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले दिएको पुनरावलोकन निवेदनमा सुनुवाइ गर्दै यसअघिको अन्तरिम आदेश खारेज गरेपछि उनीहरू सांसद पदबाट मुक्त भएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले सोमबार यसअघिको अन्तरिम आदेश खारेज हुने फैसला गरेको हो।

माओवादी केन्द्रका तर्फबाट कर्णाली प्देशमा मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर एमालेको ह्विप उल्लंघन गरेको आरोपमा तत्कालीन दसौं महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नसक्ने भन्ने अन्तरिम आदेश सर्वोच्चले जारी गरेको थियो।

प्रकाशित मिति: १७:३८ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्