Kathmandu Press

इपिएलमा काठमाडौं किंग्सको कप्तानी सन्दीपले गर्ने

काठमाडौं, साउन १८ : लेग स्पिनर सन्दीप लामिछाने एभरेस्ट प्रिमियर लिग (इपिएल)मा कप्तानको भूमिका देखिए भएका छन्। आगामी असोज पहिलो साता कीर्तिपुरस्थित टियू मैदानमा...
इपिएलमा काठमाडौं किंग्सको कप्तानी सन्दीपले गर्ने

काठमाडौं, साउन १८ : लेग स्पिनर सन्दीप लामिछाने एभरेस्ट प्रिमियर लिग (इपिएल)मा कप्तानको भूमिका देखिए भएका छन्। आगामी असोज पहिलो साता कीर्तिपुरस्थित टियू मैदानमा सुरु हुने इपिएलमा सन्दीपले काठमाडौं किंग ११को कप्तानी गर्ने छन्।

सन्दीपको जन्मदिनको अवसर पासरेर काठमाडौं किंग्सले उनलाई कप्तानका रुपमा सार्वजनिक गरेको हो। काठमाडौं किंग्सले फेसबुकमा सन्दीपलाई २१औं जन्मदिनको शुभकामना दिँदै कप्तानको जिम्मवारी दिएको हो।

काठमाडौंमा सन्दीपसँगै पाकिस्तानी भेट्रान अलराउन्डर साहिद अफ्रिदी पनि छन्। काठमाडौंले उनलाई आइकोनिक खेलाडीका रुपमा अनुबन्धन गरेको हो।

इपिएल असोज ९ देखि २३ सम्म सञ्चालन हुने छ।

प्रकाशित मिति: १७:३१ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्