थप ३१२५ जनामा कोरोना संक्रमण पुष्टि, २३ को मृत्यु
देशका विभिन्न स्थानमा गरिएको पीसीआर परीक्षणमा २२७९ र एन्टीजेनमा ८४६ गरी ३१२५ जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौं, साउन १८ : पछिल्लो २४ घण्टामा देशभर थप ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशका विभिन्न स्थानमा गरिएको पीसीआर परीक्षणमा २२७९ र एन्टीजेनमा ८४६ गरी ३१२५ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा १०६१३ पीसीआर र ३१९८ एन्टीजेन परीक्षण भएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९२५ जना संक्रमणमुक्त भएका छन्। यस्तै संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १६:५८ बजे, सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





