Kathmandu Press

मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी

काठमाडौं, साउन १८ : नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले माफी मागेका छन्। अलमुताइरीले सोमबार फेसबुकमा स्टाटस लेख्दै माफी मागेका हुन् ।अन्तर्वार्ताका क्रममा...
मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी

काठमाडौं, साउन १८ : नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले माफी मागेका छन्। अलमुताइरीले सोमबार फेसबुकमा स्टाटस लेख्दै माफी मागेका हुन् ।

अन्तर्वार्ताका क्रममा नेपाली फुटबल, पूर्व खेलाडी र पूर्व प्रशिक्षकप्रति गरेको टिप्पणीका लागि उनले माफी मागेका हुन्। माफी मागेपनि उनले आफ्नो गल्ती भने स्वीकारेका छैनन्, बरु गलत बुझिएको आरोप लगाउँदै चोखिन खोजेका छन्। 

Hardik ivf

‘सबै नेपाली र विशेषगरी मलाई गलत बुझ्ने सबै पूर्व खेलाडी र प्रशिक्षकहरुसँग माफी माग्न चाहन्छु। नेपाली राष्ट्रिय टिमप्रति मेरो सम्मान छ,’ उनले लेखेका छन्।

‘गत महिना मैले दिएको अन्र्तवार्तामा भनेका कुरालाई लिएर माफी माग्न चाहन्छु। मैले केही विषयमा कुराकानी गरेको थिएँ’, उनले लेखेका छन्, ‘तर, ति विषयमा मैले त्योभन्दा राम्रोसँग व्याख्या गर्न सक्थेँ।’

प्रशिक्षक अलमुताइरीले नेपालीको राष्ट्रिय टिम र खेलाडीका बारेमा कुरा गर्दा आफूले पछिल्लो तीन दशकमा एसियाली राष्ट्रले फुटबलमा गरेका विकाससँग जोडेर बताउन चाहेको, तर त्यसको गलत व्याख्या भएको बताएका छन्। 

अल्मुताइरी पछिल्लो समय विवादमा तानिइरहेका छन्। यसबाहेक, एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलाई दोष दिँदै फेसबुकमार्फत् राजीनामा दिने घोषणाका कारण पनि उनी विवादमा छन्।

प्रकाशित मिति: १६:५७ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्