एमालेमा खुलिन् विमला वली
बुटवल, साउन १८ : लुम्बिनी प्रदेश सदस्य विमला खत्री आफू एमाले संसदीय दलमा रहेको बताएकी छन्।सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनले एमाले संसदीय...
बुटवल, साउन १८ : लुम्बिनी प्रदेश सदस्य विमला खत्री वली आफू एमाले संसदीय दलमा रहेको बताएकी छन्।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनले एमाले संसदीय दलमा आफू एमाले संसदीय दलमा रहेको बताएकी हुन्। नेकपाबाट निर्वाचित भएको हुनाले जता पनि खुल्न सक्ने सुविधा उनलाई छ।
माओवादी केन्द्रसँग नजिक रहँदै आएकी उनी केही समययता सम्पर्कविहीन बनेकी थिइन्।
एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेकपा अस्तित्वमै रहँदा सोही पार्टीबाट उनले चुनाव जितेकी थिइन्। पति उत्तरकुमार वलीको मृत्यु भएपछि तत्कालीन नेकपाबाट उपचुनाव लडेर उनी प्रदेशसभा सदस्य भएकी थिइन्।
लुम्बिनीमा सत्ता टिक्छ कि ढल्छ भनेर चौतर्फी चासो बढिरहेको छ। यस्तो बेला उनी एमालेमा खुल्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
नेकपा बन्नुअघि उनी एमालेमै आबद्ध थिइन्।
प्रकाशित मिति: १६:४२ बजे, सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





