Kathmandu Press

दार्चुला घटनाबारे प्रतिवेदन बुझाउन छानबिन टोलीलाई १० दिनको समय : गृहमन्त्री खाँण

काठमाडौं, साउन १८ : भारतीय सुरक्षा बल (एसएसबी) ले तुइनको तार काट्दा महाकाली तर्दै गरेका जयसिंह धामी बेपत्ता भएको भन्ने घटनालाई लिएर विभिन्न प्रतिक्रियाहरू...
दार्चुला घटनाबारे प्रतिवेदन बुझाउन छानबिन टोलीलाई १० दिनको समय : गृहमन्त्री खाँण

काठमाडौं, साउन १८ : भारतीय सुरक्षा बल (एसएसबी) ले तुइनको तार काट्दा महाकाली तर्दै गरेका जयसिंह धामी बेपत्ता भएको भन्ने घटनालाई लिएर विभिन्न प्रतिक्रियाहरू आइरहेका छन्।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले सो घटनाबारे सत्यतथ्य पत्ता लगाउने बताएका छन्। उनले घटनाबारे सत्यतथ्य छानबिनका लागि टोली बनाइएको र सो टोली सोमबार धनगढी पुगिसकेको स्पष्ट पारेका छन्।

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सत्यतथ्य छानबिन गरी १० दिनभित्र प्रतिवेदन दिन निर्देशन दिइएको उनले बताए।

घटनास्थल मालघाट पुग्न यातायातको असुविधा भए वा कठिनाइ भए गृह मन्त्रालयले हेलिकप्टरको व्यवस्थापन गर्ने पनि खाँणले बताए।

घटना भएको दिनमै तीनजना प्रहरी पठाइएको र भारततर्फ धार्चुलाका अधिकारीलाई पत्राचारसमेत गरिएको उनको भनाइ थियो।

भारतीय सुरक्षा बल एसएसबीले शुक्रबार तुइनको डोरी काट्दा ३५ वर्षीय धामी महाकाली नदीमा खसेर बेपत्ता भएका समाचार आएका छन्। सो घटनाका दोषीलाई कारबाही माग गदैृ प्रहरीमा निवेदनसमेत परेको बुझिएको छ।

भारतले भने सो घटनामा एसएसबीको कुनै संलगनता नरहेको बताएको छ।

प्रकाशित मिति: १५:४८ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्