Kathmandu Press

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था छनाेटमा लेनदेन गरिएकाे भन्दै उजुरी

काठमाडौं, असार २५ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न थपेका ९९ वटा स्वास्थ्य संस्था छनोटमा लाप....

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था छनाेटमा लेनदेन गरिएकाे भन्दै उजुरी

काठमाडौं, असार २५ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न थपेका ९९ वटा स्वास्थ्य संस्था छनोटमा लापरवाही तथा लेनदेन गरेको भन्दै मेडिकल व्यवसायीहरूले उजुरी दिएका छन्।

व्यवसायिकहरूले स्वास्थ्य संस्था अनुगमन टोलीले लापरवाही र पूर्वाग्राही तरिकाले मापदण्ड निर्धारण गरेको आरोप लगाएका छन्। चिनजान र लेनदेनको आधारमा स्वास्थ्य संस्था छनोट भएको व्यवसायीहरूको भनाइ छ।

Hardik ivf

मन्त्रालयमा दिएको उजुरीमा सरकारी अनुमगम टोलीले क्याफेमा बसेर लिस्ट तयार गरेको आरोप लगाइएको छ। मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न थपिएका ९९ वटा स्वास्थ्य संस्था छनोटमा लापरवाही गरिएको उनीहरूको उजुरीमा उल्लेख छ।

मंगलबार दिएकाे उजुरीमा उनीहरूले सरकारका तर्फबाट सूचीकृत भएका ९९ स्वास्थ्य संस्थालाई पुनः अनुगमन तथा निरीक्षण गरेर मात्रै अन्तिम सूचीकरण गरिनु पर्ने माग गरेका छन्।

उजुरीका आधारमा सूचीकृत स्वास्थ्य संस्थाका सम्बन्धमा आवश्यक कारवाही अगाडि बढाउने श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बताए। ‘उजुरी गर्न पाइन्छ, त्यसको थप अनुगम गरिी कारवाही गर्छौं,’ उनले भने।

सरकारका तर्फबाट सूचीकृत भएका ९९ स्वास्थ्य संस्थालाई पुनः अनुगमन तथा निरीक्षण गरेर मात्रै अन्तिम सूचीकरण गरिनु पर्ने भन्दै व्यवसायीले माग गरेका छन्। पुनः निरीक्षण गर्नुपर्नेमा विभिन्न प्रकरण उल्लेख गर्दै व्यवसायीहरुले मन्त्रालयमा उजुरी पेश गरेका छन्।

श्रम मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकरण गरिएका ९९ नयाँ स्वास्थ्य संस्थासम्बन्धी चित्त नबुझेमा उजुरी तीन दिनको म्याद दिएको थियो।

प्रकाशित मिति: १४:५० बजे, बुधबार, असार २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्