Kathmandu Press

नेपाल समूहको स्थायी कमिटी बैठक जारी

काठमाडौं, १८ साउन : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा जारी छ।एकातिर सरकारमा जानुपर्ने दबाब नेपाल समूहका...
नेपाल समूहको स्थायी कमिटी बैठक जारी

काठमाडौं, १८ साउन : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा जारी छ।

एकातिर सरकारमा जानुपर्ने दबाब नेपाल समूहका संसदहरूको दबाब एकातिर छ भने एमालेको आन्तरिक एकताको सवाल पनि महत्वपूर्ण छ।

एमाले विवाद हल गरी एकतालाई सार्थक बिन्दुमा पुर्याउन भन्दै गठन गरिएको विघटित कार्यदलले गरेको सम्झौता कार्यान्वयनमा सघाउनुपर्ने र एकता प्रयासलाई निष्कर्षमा पुर्याउनुपर्ने भन्ने दबाबमा पनि नेता नेपाल छन्।

अध्यक्ष पद नचाहिएको तर निर्वाचन आयोगलगायत जुनसकै निकायमा पार्टीबाट हुने कामकारबाहीमा आफ्नो समेत अनिवार्य हस्ताक्षर हुनुपर्ने माग नेपालले अघि सार्दा एमाले अध्यक्ष केपी ओलीले त्यसलाई स्वीकार्न सकिरहेका छैनन्।

ओली र नेपाल आआफ्नै अडानमा दृढ रहँदा अन्य नेता कार्यकर्ता भने अन्योलको पिङ खेल्न बाध्य छन्। समग्रमा भन्दा हस्ताक्षरमा एमाले एकताको हलो अड्किएको विश्लेषण गरिएको छ। 

बैठकमा समग्र राष्ट्रिय तथा पार्टीगत परिस्थितिबारे गहन छलफल गरेर एउटा महत्वपूर्ण निर्णय हुने एक नेताले बताए।

अध्यक्ष ओली समूहतर्फको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा तीन दिनयता जारी छ।

सोमबार ३ बजे पनि बैठक बस्दैछ। अघिल्ला दुई बैठकमा एकतालाई जोड दिने भनिएको थियो। 

प्रकाशित मिति: १४:४२ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्