Kathmandu Press

तुइन काटिँदा जयसिंह बेपत्ता भएको घटनाको विरोधमा भारतीय दूतावासअगाडि प्रदर्शन (फोटो फिचर)

काठमाडौं, साउन १८ : भारतीय सुरुक्षा बल (एसएसबी) ले तुइन काट्दा दार्चुलामा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको चौतर्फी विरोध...
तुइन काटिँदा जयसिंह बेपत्ता भएको घटनाको विरोधमा भारतीय दूतावासअगाडि प्रदर्शन (फोटो फिचर)

काठमाडौं, साउन १८ : भारतीय सुरुक्षा बल (एसएसबी) ले तुइन काट्दा दार्चुलामा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको चौतर्फी विरोध भइरहेको छ।

यसैबीच सोही घटनाको विरोधमा नेकपा क्रान्तिकारी माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको छ।

उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्म कारबाही हुनुपर्ने माग गरेका छन्।

गत शुक्रबार दार्चुलाको सदरमुकाम खलंगा आउन तुइनमा झुन्डिएर महाकाली तरिरहेको अवस्थामा एसएसबीले डोरी काटिदिँदा ३५ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए।

प्रकाशित मिति: १४:१५ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्