Kathmandu Press

प्रकाश सपूत बने डीएनएको ब्रान्ड एम्बेस्डर

काठमाडौं, असार २५ : गायक प्रकाश सपूत अहिले हरेक उमेर समूहका संगीतप्रेमी एवं दर्शकको रोजाइमा परेका छन्। उनले लोकभाकालाई छुट्टै लय दिएर युवामाझ लोकप्रिय....

प्रकाश सपूत बने डीएनएको ब्रान्ड एम्बेस्डर
काठमाडौं प्रेस

काठमाडौं, असार २५ : गायक प्रकाश सपूत अहिले हरेक उमेर समूहका संगीतप्रेमी एवं दर्शकको रोजाइमा परेका छन्। उनले लोकभाकालाई छुट्टै लय दिएर युवामाझ लोकप्रिय बनाएका छन्।

उनै चर्चित अनुहार नेपाली पहिरनको ब्रान्ड डीएनएसँग जोडिएका छन्। उनी डीएनए क्लोथिङ ब्रान्डको ब्रान्ड एम्बेस्डर बनेका हुन्।

नेपालमै उत्पादन भएका पहिरनलाई फेसनेबल बनाउने उद्देश्यले डीएनए स्थापना गरिएको हो।

डीएनएसँग जोडिन पाँउदा खुशी लागेको गायक प्रकाशले बताए। युवा पुस्तालाई लक्षित गरि आएको ब्रान्ड भएर यससँग जोडिएको प्रकाशले बताए।

‘नेपालमै उत्पादन गर्ने र नेपाली युवाबर्गलाई नै रोजगारी दिने ब्रान्डको अवधारणा मन परेर मैले अरु थुपैबाट प्रस्ताव आएपनि डिएनए सगैं जोडिएको छु,’ उनले भने।

 

प्रकाशित मिति: १४:३३ बजे, बुधबार, असार २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्