Kathmandu Press

लुम्बिनीमा विपक्षी दलले प्रदेश प्रमुखलाई बुझाए बहुमतको हस्ताक्षर, मुख्यमन्त्री पोखरेल अल्पमतमा

सोमबार नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष संयुक्त निवेदन दिएका हुन्।
लुम्बिनीमा विपक्षी दलले प्रदेश प्रमुखलाई बुझाए बहुमतको हस्ताक्षर, मुख्यमन्त्री पोखरेल अल्पमतमा

बुटवल, साउन १८ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेका छन् । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसँग माग गरेका छन्।

सोमबार नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष संयुक्त निवेदन दिएका हुन्।

लुम्बिनी प्रदेशसभामा ८० सांसद छन्। तीमध्ये ४१ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनलाई वैकल्पिक सरकारका लागि आह्वान गर्न माग गरेका हुन्।

उनीहरूले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि आह्वान गर्न माग गरेका छन्।

प्रकाशित मिति: १३:१७ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्